काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ९३५ जना महिला र १ हजार ३४८ जना पुरुष गरी कूल २ हजार २८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ७५५ जना महिला र १ हजार १३३ जना पुरुष गरी १ हजार ८८८ जना, भक्तपुरमा ५४ जना महिला र ६४ पुरुष गरी ११८ जना तथा ललितपुरमा १२६ जना महिला र १५१ जना पुरुष गरी २७७ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १६:३१