काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार १२९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ७४६ जना, भक्तपुरमा १६७ जना तथा ललितपुरमा २१६ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १८:२२