काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ९३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ६९२ जना, भक्तपुरमा १३४ जना तथा ललितपुरमा १०८ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १६:२८