काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ४०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ७८४ जना, भक्तपुरमा २४४ जना तथा ललितपुरमा ३७४ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, १६:३४