काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ७४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ४५१ जना, भक्तपुरमा १४३ जना तथा ललितपुरमा १५२ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, १६:३८