काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका एक महिला र ३ पुरुष र भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

आज मात्रै कोरोना भाइरसका ५५४ जना नयाँ संक्रमित थपिएका छन् ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, १७:१७