काठमाडौंः चन्द्रागिरी नगरपालिका(१२ ईन्द्रचोकबाट २ केजी अवैध लागूऔषध चरेश सहित एक जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने मकवानपुर थाहा नगरपालिका–७ घर भएका २३ वर्षीय सुनिन्द्र स्याङताङ रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्याङताङले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको चरेश फेला पेरको हो ।

स्याङताङ माथि लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, २१:००