काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाध रुपमा विद्यालय तथा पठनपाठन संचालन गर्न गराउन अनुरोध गरेको छ ।

८ विद्यार्थी संगठनले असार २०, २१ र २२ गते गर्ने भनिएको आमहड्तालको सन्दर्भमा आफुहरुको ध्यानाकर्षण भएको जनाउदै विज्ञप्ति मार्फत यस्तो अनुरोध गरेको हो ।

विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयले पठनपाठन बन्द गराउने जो कोहिलाई पनि प्रचलिन कानून अनुसार कारबाही गर्ने भन्दै ढुक्क भएर पठनपाठन कार्य सञ्चालन गर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षासम्बन्धी कुनै जानकारी वा सहयोग आवश्यक परेमा कार्यालयको सम्पर्क नम्बर ०१–४२६२४७८, ९८५१२४८४७८, प्रहरी कन्ट्रोल १०० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।