काठमाडौंः जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अब मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ ।

कार्यालयले आज एक सूचना प्रकाशन गरी परिवारको मृत्यु सदस्यको संस्कारमा जानेबाहेक अन्य प्रयोजनको लागि सवारी पास वितरणमा रोक लगाएको जनाएको हो ।

पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड बढेकोले लकडाउनसमेत उल्‍लंघन हुने अवस्था भएकाले आज बुधबारदेखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।

लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो ।


। मंगलबारबाट उसले अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था मिलाएको थियो ।


प्रकाशित मितिः बुधबार, वैशाख ३, १७:२३