काठमाडौंः काठमाडौं महानगरपालिका–२७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बा ४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका–२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साह रहेको प्रहरीले जनाएको छ ।

साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्र भित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले उक्त घुस नगदसहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, २०:४५