काठमाडौंः काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

तास खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५ लाख १८ हजार रुपैयाँ र २७ थान तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, १४:०३