काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगु भएको पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शाक्यको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण भएको पुष्टि भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगुको संक्रमण भएको थियो ।

डेंगुका कारण यो वर्ष अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, १२:२३