काठमाडौं: भारतीय कलाकार सलमानको काठमाण्डौंमा हुने कन्सर्ट पुनः स्थगन गरिएको छ । खानसहितको टोलीले काठमाडौँको टुँडिखेलमा गर्ने भनिएको द-ब्याङ्ग टुर कन्सर्ट हुनु एक दिन अगाडि अनिश्चित कालका लागि स्थगित भएको छ ।

यसअघि १० मार्चमा हुने भनिएको कार्यक्रम विप्लव समूहको चेतावनीका कारण स्थगित भएको थियो। त्यसपछि कन्सर्ट २६ मे अर्थात् भोलि शनिबारका लागि हुने कन्फर्म भएको सूचना ओडिसी इन्टरटेनमेन्टले गरेको भए पनि यसलाई पुन स्थगित गरिएको छ ।

सलमानका भाइ तथा आयोजक समेत रहेका सोहेल खानले केही समय अगाडि कार्यक्रम हुने निश्चित भएको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए।


मे २५ देखि जुलाई १० को बीचमा सलमान क्यानडा, नेपाल र अमेरिकाको यात्रा गर्ने कार्यक्रम थियो।