काठमाडौं: प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदरुले कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा कानुनमन्त्रीले दिएको संसदीय समिति गठनबारे विषयलाई लिएर आपत्ति जनाइएको हो ।

विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक पुष्पा भूसालले कानुनमन्त्रीले दिएको अभिब्यक्ति संसदीय मर्यादा विपरीत भएको आरोप लगाइन् । उनले भनिन्, ‘कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउछ संसद भित्र बसेर बहिर गएर होइन । बाहिर सडकमा गएर रेलिङ भाँच्न हामी चाहन्नौं किनकी हाम्रो लोकतन्त्रले त्यो सिकाएन, इतिहासले सिकाएन।


।’

कानुनमन्त्रीलाई प्रश्न गर्दै भूसालले भनिन्, ‘संविधान कार्यान्वयन गर्न ३५ वटा कानून पास गर्नुपर्ने भन्दै उनले त्यसबेला प्रमुख प्रतिपक्षको सहयोग चाहिन्छ कि चाहिँदैन ?

कानुनमन्त्री तामाङले शनिबार रिपोर्टस क्लवमा बोल्दै कांग्रेसले अंश खोजेको भन्दै सरकारमा आउन आग्रह गरेका थिए । यहि बिषयलाई लिएर उनले आपत्ति जनाएकी हुन् ।