काभ्रेः काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ र नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको रोशि गाउँपालिका–९ पानान्चेमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार स्थानीय १२ वर्षीय अनिल राना मगर रहेको प्रहरीले जनाएको छ ।

देउरालीबाट नार्के तर्फ आउँदै गरेको बा ५ च ५०७४ नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

घाइते हुनेमा जिप चालक २३ वर्षीय टंकमान लामा र जिपमा सवार ७० वर्षीया सती कुमारी पीठाकोटे रहेका छन् ।


। उनीहरुको सोही अस्पतालमा उपचार भैरहेको छ ।

जीप सडकबाट अन्दाजी १ सय मिटर तल खसेको हो ।

यसैगरी, काभ्रेकै नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा पनि आज दिउँसो टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा टिपरमा सवार ललितपुरको चुनिखेल स्थायी ठेगाना भएका २२ वर्षीय बिशाल खड्का रहेको प्रहरीले जनाएकोृछ ।

दुर्घटनामा परी घाइते भएका टिपर चालकको उपचार भैरहेको छ । धुलिखेलबाट भकुण्डेबेशी तर्फ जाँदै गरेको बा २ क ५ नम्बरको टिपर सडकबाट २ सय ५० फिट तल खसेको थियो ।


प्रकाशित मितिः बिहीबार, पुस २४, १६:०२