काभ्रेः काभ्रेपलाञ्चोकको पनौतीमा आज बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि आज बिहान ९ बजेदेखि कर्फ्यू लगाएको हो ।

प्रशासन कार्यालयका अनुसार पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

सोमबार पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जनिमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिका गम्भीर घाइते भएका थिए ।


। उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसपछि आक्रोशित आफन्तजनले पनौतीमा आन्दोलन गरेका थिए । सोमबार साँझदेखि भएको आन्दोलन नियन्त्रणमा नआएकोले कर्फ्यु जारी गरेको हो ।


प्रकाशित मितिः मंगलबार, चैत ४, ११:०१