काभ्रेः धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित विपि राजमार्गबाट संरक्षित उल्लु प्रजातीको जस्तो देखिने जिउँदो चरो सहित प्रहरीले एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका–२ भिरकोट बस्ने ३४ वर्षीय केशर श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भकुण्डेबाट धुलिखेलतर्फ पैदल आईरहेका केशरलाई उक्त चरो सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १५:०१