काभ्रेः पनौती नगरपालिका ५ मा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् ।

बर्दिबासबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको ज १ च १९६२ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ५ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागी धुलिखेल अस्पताल पठाइएको छ । घाइते मध्ये २ जनाको अवस्था भने गम्भीर रहेको अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्ज्याङले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, भदौ १५, २०७७, १४:५३