काभ्रेपलाञ्चोकः मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँमा हिजो साँझ टिपरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

बा ३ ख १२३९ नम्बरको टिपरले माटो झारेर ब्याक गर्ने क्रममा स्थानीय उत्तर बहादुर तामाङका छोरा कविनलाई हिजो साँझ ६ बजे ठक्कर दिँदा बालकको घटनास्थल मै मृत्यु भएको हो ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरी चौकी देउपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १०:३५