काभ्रेः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित बिपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का २९ वर्षीय प्रकाश दाहाल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९२ प ५१९२ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहाल गम्भीर घाइते भएका छन् ।


। उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।


प्रकाशित मितिः शनिबार, मंसिर २८, १०:००