काभ्रेः पनौती नगरपालिका–१० दाहालटावर नजिकै बिहीबार राति मोटरसाइकल पर्खालमा ठोक्किएर पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–१२ पस्कोटका २१ वर्षीय सञ्जिव तामाङ रहेको प्रहरी चौकी पनौतीले जनाएको छ ।

पनौतीबाट फस्कोट तर्फ जाँदै गरेको बा २७ प ९३४६ नम्बरको मोटरसाइकल सडकको पर्खालमा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, ११:२०