काभ्रेः काभ्रेमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई बिहीबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेका छन् ।

थिङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १५:५८