काठमाडौंः काभ्रेस्थली कृषि सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा हिमाल शर्मा विशेष अतिथि रहेका थिए ।

सो अवसरमा संस्थाको वार्षिक प्रगति विवरण तथा लेखा प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो । सभामा संस्थाका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

काभ्रेस्थली कृषि सहकारीले कृषि क्षेत्रमा लगानी गरिरहेको छ । संस्थाबाट सहुलियत दरमा ऋण लिएकाहरुले कृषि कर्म गरेर उदाहरणीय बन्न सफल भएका संस्थाका अध्यक्ष रामसुदन भण्डारीले बताए ।



प्रकाशित मितिः मंगलबार ०१ पौष,, ०८:११