कामचोर ठेकेदार अब प्रहरी खोरमा







गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

बैठकमा गृहमन्त्री थापाले यसअघि भएका निर्णय कार्यान्वयन सन्तोषजनक नभएको भन्दै अब आलटाल नगर्न निर्देशन दिएका थिए ।

सडक तथा पुल निर्माण ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुँदा लगानी खेर गएको गुनासो बारम्बार आउन थालेपछि गृहमन्त्रीले काम नगर्नेलाई पक्राउ गर्न निर्देशन दिएका हुन् ।

मन्त्री थापाले तोकिएको समयमा काम नगर्ने ठेकेदारको सूची प्रहरीलाई दिन भौतिक मन्त्रालयका


सचिव तथा महानगरपालिकाका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् । नागरिकमा दैनिकमा समाचार छ ।




ताजा समाचार


विशेष समाचार