काठमाडौं:मलेसिया जाने कामदार ठगी गर्दै आइरहेका ४८ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । कामदारहरुको स्वास्थ्य परीक्षणमा काम गर्दै आइरहेका विभिन्न स्वास्थ्य संस्थामा छापामारी प्रहरी ठगीगरिरहेका हरुलाई पक्राउ गरेको हो । कामदारसँग भीएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम्स, वन स्टप सेन्टर (पासपोर्ट संकलन गरी दूतावाससम्म लैजाने) लगायतका काममा कामदार ठगी गरेको थाहा पाइएका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको थियो ।

अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिँहका अनुसार आइतबार बेलुकासम्म काठमाडौंबाट ४४ र ललितपुरबाट ४ जनालाई पक्राउ परेका छन् ।


। त्यसमा धेरै मेडिकल सेन्टर सञ्चालक रहेका छन् ।
पक्राउ पर्नेमा ओएससी र भीएलएन सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै पक्राउ परेका अन्य सञ्चालकहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ असार २५ गते बढिमा ६ महीना परीक्षण काल भन्दै बायोमेडिकलमार्फत कामदारको स्वास्थ्य परीक्षण गर्न ती संस्थाहरुलाई अनुमति दिएका थिए । ती व्यवसायिहरुले भने स्वास्थ्य मन्त्रालयको विशेषज्ञ समितिबाट निर्धारण गरेको सेवाशुल्क ४ हजार ५ सय रुपैयाँमा स्वास्थ्य परिक्षण गरेको बताउँछन् ।

भिसा प्रक्रियामा सरकारको अनुमतिबिना नै संलग्न भएका कम्पनी र स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भीएलएन, माइग्राम्स, ओएसी, जीएसजी अवैध भन्दै खारेज गरेको केहीदिनपछि नै प्रहरीले ती कम्पनीविरुद्ध कारबाही प्रक्रिया सुरु गरेको हो ।