विराटनगरः उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको हो ।

सञ्जेलमाथि आफ्नै कार्यकक्षमा २ कर्मचारीले कुटपिट गरेका हुन् ।

शनिबार सार्वजनिक बिदा भए पनि सञ्जेल कार्यालयमै थिए ।

सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।

कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, १८:५०