काठमाडौंः नेपाल टेलिभिजनबाट हरेक शनिवार वेलुका प्रसारण हुने ‘सिधा कुरा’ बन्द भएको छ।

१२ वर्षदेखि कार्यक्रम प्रस्तोताका रुपमा रहेका राजु थापाले आफूले सोधेका प्रश्नको रिसमा मन्त्रीले कार्यक्रम बन्द गरिदिएको बताएका छन् । थापाले भने, ‘यस अघि पनि प्रधानमन्त्री कार्यालयबाट नै ध्यानाकर्षण भएकाले आइन्दा यस्तो नगर्न प्रशासनले निर्देशन दिएको थियो तर यसपालि कार्यक्रम नै बन्द भयो। यसले सरकार नियन्त्रित प्रेसका पक्षमा छ भन्ने देखाउँछ।’

थापाले भने, कार्यक्रम सकिएपछि मन्त्रीज्यू आज पहिलो पटक मलाई कार्यक्रम चलाउन गाह्रो भयो भनें। उहाँ केही नबोली हिँड्नुभयो।


। तर अचानक कार्यक्रम बन्द गरियोस् भन्ने सुन्नमा आयो र मैले संचालन गर्दै आएको ‘सिधा कुरा’ बन्द भयो ।

तर मंगलबार टेलिभिजन प्रशासनले दबाब थेग्न गाह्रो भएकाले कार्यक्रम निरन्तर नहुने जानकारी गराएको छ । नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले उक्त कार्यक्रम बन्द हुनुमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको कुनै संलग्नता नरहेको बताएका छन् ।

नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’ महाप्रवन्धक रोकाको भनाई छ ।

सरकारका सय दिनको समीक्षा गर्न गत शनिबारको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री बाँस्कोटालाई अतिथि बनाइएको थियो।

यस्तो थियो कार्यक्रम संचालन थापा र मन्त्री बाँस्कोटाको प्रश्नोत्तर –