काठमाडौंः नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक अन्तर्वार्तामूलक कार्यक्रममा कार्यक्रम बन्द गराइएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

महासंघका महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ, सञ्चार जगतको हकहितको जिम्मेवारी लिनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने गरी भएको यस्ता कार्यले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध नरहेको देखाउँछ । महासंघ यो घटनाप्रति खेद व्यक्त गर्दछ । र, तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।


विज्ञप्ति –