कालिकोटः राष्कोट नगरपालिका–६ सान्नीघाटमा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय गोबिन्द सिम्खडाका ३ वर्षीय छोरा मनोज सिम्खडा रहेका छन् ।

बाजुराबाट लालीघाट आउँदै गरेको भे १ ज ११४९ नम्बरको जिपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो ।

जिप चालकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ५ गते बुधबार, १९:२४