काठमाडौंः कालीकोटको महावै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीकार राति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहका अनुसार पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको हो ।

उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७, १२:१५