म्याग्दीः कालीगण्डकीमा जिप खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् ।

रघुगंगा गाउँपालिका-१, तिप्ल्याङ नजिक सडकबाट कालिगण्डकीमा जिप खसेको हो ।

अन्नपूर्ण गापा-७, घराम्दीबाट सदरमुकाम बेनीतर्फ गइरहेको रातो प्लेटको लु २ च २४५४ नम्बर भएको डवल क्याविन बोलेरो जिप कालीगण्डकी नदीमा खसेको थियो ।

जिपमा चालक रवि खड्का र सविता परियार रहेको र अन्य यात्रु भएरनभएको थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

उद्दारमा खटिएका प्रहरीले कालीगण्डकीमा पानीको सतह वढि भएको उद्धार कठिनाई भएको बताएका छन् ।