तानसेनः पाल्पामा कालीगण्डकी नदीले बगाएर एक जना वेपत्ता भएका छन् ।

बगनासकाली गाँउपालिक-६ दर्पुकका ४० वर्षीय गुरु बहादुर बोटे कालीगण्डकी नदीले बगाएको दाउरा समाउने बेपत्ता भएका हुन् ।

दुई दिनदेखि निरन्तर परेको झरीले नदीमा बगाएर ल्याउने दाउरा समाउन क्रममा नदीमै हराएका बोटेको खोजी भइरहेको प्रहरीले जनाएको छ।