नमस्ते सर भन्दै भित्र छिरे चारवटी केटी । म बोल्न सकेको छैन कसैसित । चुनाबको बेला न हो । विभिन्न इखहरु ब्यक्त हुन सक्छन् । केटीहरुको आगमनसँगै म मौन छु । एउटी चिनेकी केटी हुन् । हाम्रै हुन् भन्ने लागेपछि मेरो कुरा अगाडि बढेको छ । बेला बेला ती केटीको अनुहार हेर्छु । काली काली छन् । हाल्फ मेकप गरेर आएजस्ती छ । बैजनी कलरको टिसर्ट माथी आउटर लगाएकी केटि ढोका नजिकै बसेकी छे। राजनीतिक कुराको समापन सँगै साँझ बस्ने कुरा गरेर छुिट्टयौँ । साँझ पनि आयोजक म नै थिएँ । कार्यक्रममा उपस्थिति बाक्लै छ ।

समाजका गन्य मान्य मान्छे उपस्थित छन् । म तेस्रो लहरको बेन्चमा बसेको छु । राजनीतिक कारणले बाहिर भित्र हेर्दै छु ।


। सायद यो भाषणको देश हो जस्तो लाग्छ । बिना काम बिना संगठन गफ ठोकेका छन् । बेतालमा बसेर सुनेको छु । अनायसै फोनमा रिङ टोन बज्छ । म बाहिरिन्छु फोनमा गफिदै । भित्र मान्छेहरु पोलिटिकल मूडमा छन् । यस्तैमा तेइ केटीले फेरि भाषण गर्न उठेपछि सुन्न मन लाग्यो । भित्र छिर्न लाग्दा फेरि मोबाइल घन्कियो अनि म फेरि बाहिरिए ।

सबैले भने राम्रो बोली गजल भनी भन्ने चर्चा थियो । मलाई खासै मतलब थिएन किनकी हेर्दा सानी थिइ । लाग्थ्यो प्लस टु बेचलोर पढ्दै होली । चुनाबी माहोलले मलाई तताएको छ । के गरम कसो गरम बनाएको छ । सबैले मलाई नै फोकस गरेका छन् । प्रबिधि र सञ्चारका सबै पक्षहरूको प्रयोग नै चुनाबको हार जितको कारक मानेका छन् । म बाध्य भएर चुनाबमा होमिनै पर्ने अवस्थामा छु । आज चुनाबी छल्फलको लागि बस्ने कुरो मिलाइएको छ । इन्कोर मिटिङ नाम दिइएको छ । विशेष मान्छेको उपस्थिति हुनेछ सायद म सोचिरहेको छु । पानी पर्यो हामी भित्र ओतिएका छौं पानी बिदो भएन । फेरि भित्र छिरेर गफ गर्न थाल्यौ ।

मोबाइलमा रिङ्टोन बज्यो उठाएँ कता हो मिटिङ भन्ने सोधे मैले सरासर बताइदिए कार्यक्रमको मध्यमा आए दुइ चार जना महिला अनि सज्जनबृन्द, मेरो मनमा न मोह छ राजनीतिक कुरा बाहेक केही छैन । बोल्न लागाए सबैलाइ तर कोहि बोलेनन् । मिटिङ सकियो झरेर निस्कनै लाग्दा सेल्फी खिच्दै थिए मैले प्याट्ट जिस्काए । म पनि आउँ त । उनिहरुको मजाकै प्रतिकृया आयो । आउनुस न । न म जान्थे न उनिहरुले बोलाउँथे । साँझ रुममा पुगेर फेसबुक चलाउन थाले । धेरै फ्रेन्डरिक्वेस्ट आको रैछ । हेर्दै जादा देखे कालीगण्डकी नाम भएको रिक्वेस्ट नि थियो । को रैछ हेर्छु ७५ मिचुयल फ्रेन्ड रहेकी कालीगण्डकीको रिक्वेस्ट एसेप्ट गरेँ । दिउँस देखेकी त्यही केटी नै होलि भन्ने लागो पनि । तर बोल्न सकिन किनकी के हो के भर्खर घरबार भएको मान्छे बिहे गरेको छ महिना नपुग्दै । के के हो के के भन्ने जस्तो नी लाग्यो । बोल्न डर लाग्यो के भन्ने हो ।

दिउँसो खुब आदर्शका कुरा गर्ने राती अलि बोल्न नि अप्ठेरो । ऊ कुरा गर्दै गइ । फ्रेन्क रैछे । नाम फेर फेस्बुकमा भने मानिन यहि ठिक छ भन्छे । कुरा गर्न खपिस रैछे बोल्दै गएँ । जिस्काउँछु कतिबेला ओए कालीगण्डकी धेरै नखरा नपार कान्छी बनाएर लैजाउँला नि । को जान्छ र यस्ता सित भन्दै मसक्क मस्किन्छे । लाग्दो होला सायद त्यसलाइ नि म एउटा फूल हुँ । एउटा भमरो खुब लोभिएको छ । कुन दिन रसैरसमा डुवाएर भुलाइदिन्छु । “प्रेम भनेकै यस्तै हो । जोसुकै संग पनि हुन सक्छ । प्रेम सोचेर गरिदैन । सोचेर, विचार गरेर सबै कुरा मिलाएर गरिने लाई प्रेम कसरी भन्नु र ? प्रेम त आफै हुँदो रहेछ ।” सम्बन्ध तँपाइबाट तँ मा झरिसकेको थियो । आज धेरै कर गरे आइज न त चिया खाउ भनेर तर उ मान्दै मान्दिन । भन्छे मुलाइ त किन हो सन्का लाउँच । लोउनी मुन्छेको मन त पापी हुन्छ । आउन्न हाँस्दै भन्छे । छाला कालो भएनी हाँस्दा त जस्तो नि राम्रो देखिनी रैछ । दाँत देखाएर इमोमा हाँस्दा देखिएका दाँत साँच्चै माछापुच्छ्रे टल्किएझैँ लाग्थ्यो ।

मोबाईलमा देखिएको उस्को तस्बिर भिडियो साँच्ची राम्रो देखिएको छ । इमोमा गफिएको छु । फेसबुकमा जिस्किन खोज्छे उ तर किन किन लजाउँछे भन्छे । म आउन्न है बाहिर दाइले मार्नुहुन्छ । उसको त्यो पारा मलाइ अनौठो लाग्छ । सोध्न मन लाग्छ । रातभरी फेसबुकमा बोल्दा तेरा दाइले थेंक यु भन्छन् त तँलाइ । ऊ यसो भन्दा केइ बोल्दिन भन्छे बाइ गुड नाइट । म खित्का छोडेर हाँस्छु । कालीगण्डकी यो दिउँस हो । किन गुड नाइट ? केइ बोल्दिन ऊ । आज जबर्जस्त बोलाएको छु । आए ठिक छ न आएनी ठिक छ तर फेस टु फेस भएर बोल्ने मन छ । आइ आज उहीँ कालो पाइन्ट बैजनी कलरको टिसर्ट र निलो आउटरमा । फोन गर्दै आइ । गणेश मन्दिरको साइडमा आएर हातमा च्यातिन लागेको कभर भएको तर राम्रो मोबाइल हातमा समाती । रातभरी जसो फ्रेन्क बोलेकी मान्छे आज पहिलो पटक देख्दा लजालु देखिइ । एउटा टेवलमा बसेर चिया खादै छौँ । त्यति बोल्न सकेकी छैन । लाग्यो फेसबुक को मेसेन्जरका प्याडमा औंला नचाएजस्तो भने बिल्कुल नहुनी रहेछ ।

यता आउ कान्छी भने तर आउन चाहिन किन हो म बुझ्न सकिन । अरु टेवलमा बसेकाहरु लुकिछिपी हामीलाइ हेरेका छन् । आइ बिस्तारै आइ मेरो नजिकै कुर्सी तानेर बसि । खोलाका दुई किनारा भइयो जस्तो लाग्थ्यो त्यो मेरो कुर्सिको पारी बस्दा । नजिकै बस्दा सङै भएको अनुभुति भयो । एउटै बेन्चमा एउटै लाइनमा बस्न नसके पनि । खोलाका दुई किनारा झैं त हुन नपर्ला कि भनेर आनन्दको महशुस पनि भयो । आज उसको सामिप्यताले कुत्कुताएको छ । म केइ गर्न बोल्न सकेको छैन जति गर्नु उ आफै गरेकी छ जिस्काएकी छ । के के भन्छे भन्छे ।

बिहान मोबाईलमा आलराम बज्दा साथमा सिरानी थियो । कालिगण्डकी थिइन तर कालीगण्डकीले हानेर गएका छालहरुका दागहरु अझै छन् । मन भने चिसो भएको छ रातभर सुत्न नदिएनी मोबाइलको स्क्रीनमा त्यसको फोटो हाँसेको देख्दा मन झनै खुसी हुन्छ । आज बोलाएको आइन । भाउ खोजेर होला । के गर्नी रु गाली गर्न नि अधिकार छैन । म तेस्को प्रेममा म रनभुल छु । केही गरेकी नि छैन भनेकी नि छैन ।

किन किन गण्डकीको माया लागेर आउँछ । आज आँट गरेर जिस्काएँ । आज पौडीन मन छ गण्डकीमा । मुसुक्क मुस्काएर भनी जानुन त । कहाँ जाने ? सोधें उसलाई । हाँस्दै भनी रिडि । रिडिको गण्डकी त मिर्मीमा छिराएर कता झारेर लगे रे मैले भनेँ । उसले हाँस्दै भनी, पौडिन त त्यस्तै हो पानी छैन गण्डकीमा मुख धोएर जानुस् न त । म सोचमग्न छु । दोधारमा छु । पौडिम् कि मुख धोएर जाम् ।

सुदर्शन आचार्य