पर्वत: एक दशकदेखि निर्माण कार्य सुरु गरेर अलपत्र अवश्थामा रहेको उत्तर-दक्षिण जोड्ने चर्चित कालीगण्डकी करिडोर अन्र्तगत पर्वत क्षेत्रमा कामले तीब्रता लिएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ ।

चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि यो सडक खण्डले निर्माणमा तिब्रता लिएको हो । यस सडकखण्डको काम एक वर्षभित्र नै सम्पन्न गरिसक्ने लक्ष्य छ ।

अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नालीसेतु बनाउने, नाली काट्ने लगायत काम भइरहेको आयोजनाले जनाएको छ ।


चीन-भारत जोड्ने राष्ट्रिय गौरवको आयोजनामा यो सबैभन्दा छोटो सडक आयोजना हो ।