काठमाडौंः मेरी बाँस्सै टेलिचलचित्रकी चम्सुरी अर्थात पल्पसा डँगोल गायिकाको रुपमा आएकी छिन् । हाँस्य अभिनेत्रीको रुपमा परिचित उनले आफूलाई गायनमा पनि अघि बढाउँदै छिन् ।
पल्पसाले आफ्नो स्वरमा नयाँ गीत ‘काली काली दिलवाली…’ बजारमा ल्याएकी छिन् । नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो ।
दुबईको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन् । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् ।
यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन् । जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ ।
। भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । भिडियोलाई पवन डँगोलले खिचेका हुन् ।
गीतमा अशोक राईको संगीत रहेको छ । गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले संयुक्त रुपमा लेखेका हुन् ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, १८:३४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook