काठमाडौं: धावन मार्गको कालोपत्रे (पीच) उप्किँदा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहि समय बन्द भएको थियो। धानवमार्गको कोटेश्वरतर्फ तेस्रो र चौथो ट्याक्सी-वे सँग जोडिएको धावन मार्गको पिच उप्किएपछि साँझ ५:५० देखि झन्डै एक घण्टा विमानस्थलमा उडान अवतरण रोकिएको थियो।

धावन मार्गमा समस्या आउने बित्तिकै मर्मत सुरु गरिएको थियो । विमानस्थलका प्राविधिक टोलीका अनुसार वर्षायाममा कारण धावन मार्गको कालोपत्रे उक्किएको थियो । तुरुन्तै मर्मत गरिए पछि विमानस्थल सुचारु भएको उनले जनाए ।
धावनमार्ग बिग्रिएपछि हर्ट मिक्स विधिबाट मर्मत गरिनु पर्छ ।
। तर, विमानस्थल मर्मतको जिम्मा लिएको सिभिल इञ्जिनियरिङ विभागले कोल्ड मिक्स (अस्थायी मर्मत) विधिबाट धावन मार्ग टाल्ने गरेकाले पटक पटक समस्या आउने गरेको एक अधिकारीले बताए ।