कास्कीः पोखरा महानगरपालिका–३० शिशुवामा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।

शिशुवा बस्ने ४९ वर्षीय भुवन शर्माको घरमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, असोज १०, २०७७, १९:५९