कास्कीः बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई कास्की प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपा गाउँपालिका–५ देउराली बस्ने ५७ वर्षीय केश बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दण्डहिनता विरुद्धको अभियान अन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः मंगलबार, भदौ ३०, २०७७, १८:४४