कास्कीः कास्कीमा अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने २० वर्षीय रोशन गुरुङ रहेका छन् ।

पोखराको भण्डारढिकबाट तालचोकतर्फ आउँदै गरेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय शिशुवामुकाम डाँडाको नाकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा आएका उनलाई ५ किलो ५ सय ग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

गुरुङ विरुद्ध लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १७:४२