कास्कीः पोखरा महानगरपालिका–५ जिरो किमिबाट करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँमा अन्नपूर्ण रेष्टुरेण्ट संचालन गरी बस्ने अन्नपूर्ण गाउँपालिका–७ लुम्ले घर भएका ३९ वर्षीय सन्तोष बिक र सोही ठाउँ बस्ने २५ वर्षीय सूर्य सुनार रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग ९ प ३३८२ नम्बरको स्कुटरलाई जाँच गर्न खोज्दा भागेपछि पिछा गर्ने क्रममा सन्तोषको कोठाबाट उक्त लागूऔषध बरामद गरी उक्त लागूऔषध र स्कुटर सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल माघ ४ गते आइतबार, १७:५७