कास्कीः गोरु काटेको अभियोगमा दुई जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपाली रहेका छन् ।
चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल चैत १३ गते शुक्रबार, २०:१३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook