कास्कीः पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडी शनिबार राति जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक कास्कीकै माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसकी २६ वर्षीया तारा विक रहेको प्रहरीले जनाएको छ ।

हरिचोकबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको ग १ ज ५८९६ नम्बरको बोलेरो जीपले बाटो काट्दै गरेको ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक विकलाई फिस्टेल अस्पताल लैजानासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने जीप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, ११:४५