कास्कीः पोखरा महानगरपालिका–१२ चापापानीस्थित २० वर्षीय नवीन गौचनको घरमा जुवातास खेलिरहेका गौचन लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेलिरहेका उनीहरुलाई नगद ३ लाख २३ हजार ५ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, २०:२२