कास्कीः पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध १ सय पिस ट्रेप्पल सहित दुई जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

ग ६ प ६९४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट नदिपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा आएका पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने २० वर्षीय किस्मत पौडेल समेत २ जनालाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १६:४६