काठमाडौंः प्रहरीले कास्की र दाङबाट तास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने कृष्ण लाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१४ चाउथे बस्ने ४९ वर्षीय क्षेत्र बहादुर जिम्बा लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ७ सय ५० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–९ टेघरा बस्ने प्रज्वल शाहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–२ रामपुर बस्ने २३ वर्षीय रोहन खाती लगायत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २० हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १५:५२