ग्याङ्ग (डन) अथवा गुण्डाराजको संस्कृति विश्वभर नै फैलिएको छ । इतिहासलाई हेर्दा नेपालमा मात्र होइन, युरोप, अमेरिका अथवा अफ्रिका सबैतिर कुनै न कुनै आवरणमा ग्याङ्ग वा डनको प्रभाव देखिन्छ। विशेषतः भारत, चीन, जापान अथवा मुस्लिम संस्कार भएका मुलुकहरु यसबाट बढी प्रभावित छन्।

१८९० तिर अमेरिकामा डनलाई ‘काउब्वाई’ र ‘काउगल्र्स’, ‘ग्याङ्ग रोगर्स ब्रदर्श एलभोर्ड’, स्टाइल्स, ग्याङ्ग भनिन्थ्यो भने १८९९ को समय तिर एलभोर्ड स्टाइल्स ग्याङ्ग भन्न थालियो । रसियामा शोलन्टसेयस्किया ब्रटावा (ब्रर्दरहुड) भनिन्छ । त्यसैगरी फ्रान्समा द फ्रेन्च मार्सल, इटालीमा क्यामोरा, जर्मनमा द थर्टीसिक्स ब्याइज्, ब्रिटेनमा द ब्रिटिस यार डाइज् त्यस्तै भारतमा दाउद इब्रइम, अबु सलिम, करिम लाला, अलि बुदेस, चिनमा चाइनिज ग्याङ्ग, कियाओ, जयाङ्जिगुयाङ् का नामले चिनिन्छन् ।


। पाकिस्तानमा डनलाई द ग्याङ्ग अफ फोर र चोटु ग्याङ्गका नामले परिचित छ ।

नेपाली ग्याङ्गस्टारको इतिहासमा हेर्ने हो भने नाम कहिलिएका व्यक्तिहमा केही सांसद तथा मन्त्रीहरु पनि रहेका छन् । हाल प्रचलित समुहमा मनाङ्गे तथा मिलन समुह, एलजी ग्रुप, कोब्रा समुह, तुफान, सैनिक ग्रुप काभ्रेली ग्रुप भनिन्छ भने चरी र घैंटेको इन्काउन्टर भइसकेको छ । नेपालका ठूला सहरहरु काठमाडौं तथा पोेखारामा ग्याङ्ग समुह कहिले कोब्रा त कहिले स्पात ग्याङ्गको नामले देखिने गरेका छन् । यद्यपी कहिलेकाँही सानासाना टोले गुण्डाका रुपमा देखिन्छन् ।

सज्जन युवा पनि बन्‍न सक्छ ग्याङ्गको सदस्य !

राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिक लगायत विभिन्न संस्कार र अपाराधिक वातावरणले पनि एउटा सज्जन युवालाई ग्याङ्गको सदस्य बन्न अहम भूमिका खेलेको हुन्छ ।

देशको ठूलो युवाशक्ति, जो राष्ट्रको अमूल्य सम्पत्ति हो । यो शक्तिलाई उसको सीप, दक्षता, इच्छा र क्षमता अनुसारको रोजगारी पाउनु उसको नैसर्गिक अधिकार हो भने तिनीहरुका आवश्यकत्ता पूरा गर्नु राज्यको दायित्व हो ।

युवाशक्ति विदेश पलायन हुनु, विभिन्न खाले अपराधमा संलग्न हुनु, सानातिना अपराध गरी आफ्नो जीविकोपार्जन गर्नु, कुलतमा फस्नु, जीवनबाट विरक्तिएर आत्महत्या गर्नु । वेश्यावृति लगाएत अन्य गैरकानुनी क्रियाकलापमा लाग्नु जस्ता समस्या बेरेजगारीले निम्त्याउँछ । यसरी बेरोजगारीले सताएपछि छोटो र छिटो तरिकाले पैसा कमाउन उनीहरु ग्याङ्गको सदस्य बन्न पुग्छन् ।

सबै यूवाहरु ग्याङ्गको सदस्य बन्ने चाहना राख्दैनन् । तर, कुनै विकल्प नभएको अवस्थामा उसले ग्याङ्गको सदस्य बन्ने प्रयास गर्दछन् ।
ग्याङ्गमा लागेपछि शान्त र ग्ल्यामर हुन्छ भन्ने भ्रममापरी सदस्यता लिने प्रबल सम्भावना रहन्छ । टोलमा वा आफ्नो क्षेत्रमा टोले गुण्डा, नाइके वा सदस्यको त्रास देख्दा युवाहरुमा त्यसको प्रभाव पर्न जान्छ ।

साथीहरुको संगतबाट पनि युवाहरु ग्याङ्गको सदस्य बन्न पुग्छ । म एउटा ठूलो समूहको संरक्षणमा छु, कुनै पनि कार्य कानुन विपरित नै किन नहोस् मलाई मेरो ग्याङ्ग लिडर वा साथी समूहबाट संरक्षण हुन्छ भन्ने किसिमको विश्वास पैदा र सेलिब्रेटीको महसुस हुने कारण उसले ग्याङ्गको सदस्य बन्न पुग्दछ ।

उत्तेजना तथा शान सौकातको प्रभावमा युवाहरु प्राय मानसिक रुपमा उत्तेजित हुने, चञ्चल हुने स्वाव भएकाले उनीहरुको ग्याङ्गको सदस्य बन्न पुग्दछ । ग्याङ्गका सदस्यहरुले राजनीतिक, आर्थिक, सामाजिक परिवेशमा राज्यमा पहुँचवाला व्यक्ति, प्रशासनिक क्षेत्रमा कार्यरत प्रभावशाली व्यक्तिलाई प्रभावमा पारी ठूला ठूला अपराधबाट समेत उन्मुक्ति पाएका छन् ।

शान र शक्तिको प्रलोभनको भ्रममा परेर युवाहरु ग्याङ्गमा  समेत प्रवेश गर्दछन् । युवाहरु आफ्नो व्यक्तिगत सुरक्षा र प्रतिद्वन्‍ द्वी समुहको आक्रमणबाट बच्‍नका लागि सम्मिलित हुन पुग्दछन् । आफ्नो टोल छिमेकमा भएका साना ठुला टोले ग्याङ्गको नक्कल गर्ने, साथीहरु आफ्नो परिवारको सदस्य ग्याङ्गको सदस्य भएको अवस्था पनि सदस्य बन्न सक्दछन् ।

युवाको आफ्नै केही सपना र रहर हुन्छन् । टोल छिमेकमा भएका ग्याङ्गहरुका क्रियाकलापहरुको प्रभावमा सदस्य बन्न सक्छन् । ग्याङ्गका क्रियाकलाप सो गयाङ्गकै बुझाइमा साहसिक र उत्तेजना फैलाउने खालका हुन्छन्, त्यसको प्रभाव पनि युवाहरुमा पर्न सक्छ ।
युवाहरु जाने क्लब, म्युजिक सेन्टर, खेल खेल्ने ठाउँमा ग्याङ्गको प्रभाव भएको अवस्थामा पनि ग्याङ्गको सदस्य बन्न पुग्छ ।

ग्याङ्गले आफ्नो सदस्यहरुलाई विशेष गैरकानुनी काम कारबाही गराइ लागुऔषधको कारोबार, ठेक्कापट्टामा जबरजस्ती पैसा असुली, वेश्यावृत्ति, डरत्रास, धाकधम्कीबाट सजिलै पैसा आर्जन गरेको देख्दा सजिलै र सहज बाटोबाट अर्थ कमाइ हुने भएकाले पनि युवाहरु ग्याङ्गको सदस्य बन्न पुग्दछन् ।

युवाहरु जीवनदेखिनै विरक्त भएर, पारिवारिक वातावरण नराम्रो, परिवार तथा अन्य आफन्तहरुबाट अपहेलित भएको अवस्थामा समेत आफ्नो व्यक्तिगत स्वाभिमान ग्रहण गर्न तथा बदलावको भावना अर्थात आफू वा आफ्नो परिवारको सदस्यमाथि भएको अपमान वा सुरक्षाको कारण बदलामा लिने उद्देश्यले ग्याङ्गको सदस्य बन्न पुग्छ ।

ग्याङ्ग वा डनले आफ्नो सदस्यको संख्या बढाउने धम्की वा कुटपीट तथा जबरजस्ती गरेर सदस्यता दिन सक्छन् । आधुनिक सुचना प्रविधिको कारण टिभिमा ग्याङ्ग तथा डनका विषयमा बनाइएका चलचित्रको प्रभाव लगायत इन्टरनेटको प्रभावबाट पनि सदस्य बन्नसक्ने अवस्था रहन्छ ।

ठुला राजनीतिक पार्टीहरुबाट राजनीतिक संरक्षण वा राजनीतिमा प्रत्यक्ष सामेल भएको र राजनीतिक रुपमा ठुला हैसियत भएको ग्याङ्ग वा गुण्डा तथा नाइकेहरुको उच्चस्तरीय जीवनशैलीबाट प्रभावित भएर पनि ग्याङ्गको सदस्य बन्न पुग्छन् । ठूला–ठूला अपराधबाट उन्मुक्ति पाउन प्रहरी प्रशासनको  ग्याङ्गका सदस्य वा डनसँग उठबस मात्र हैन, सामुहिक लागनीमा व्यवसाय सञ्चालनजस्ता कुराहरुबाट प्रभाव पर्दा पनि युवाहरु ग्याङ्गको हिस्सा बन्न पुग्छन् ।

राजनीतिकको अपराधीकरण र अपराधको राजनीतिकरण, जघन्य अपराधमा कानुनी उन्मुक्ति, ठूला पार्टीबाट पूर्ण संरक्षण र रातो कार्पेट स्वागतको दृश्य देख्दा सो बाट प्रभाबित भएर युवा शक्ति ग्याङ्गकको सदस्य बन्न सक्छ ।

यस कारण बन्छन् युवा ग्याङ्ग सदस्य

गरिब र समाजबाट अपहेलित भएका कारण
आफ्नो पहिचान र ठूलो हुने व्यक्तिगत मनोकांक्षा
शक्तिवान भएको महसुस हुने
समाजिक सम्मान र हैसियतको खोजिमा
साथीभाईको संगत वा दवावमा
डरको कारण अथवा ग्याङ्गको सदस्यको डरबाट
साहसी छ भन्ने सन्देश दिन
ग्याङ्गका सदस्यको ह्यारेस्मेन्ट र बुलिङ्गबाट
ठूला समुहको सदस्य भएको सोचबाट प्रेरित
समाजमा ग्याङ्गका सदस्यको सान सौकतबाट प्रभावित वा उत्साहित
शक्तिशाली र भरपर्दाे दुनियाँमा सामेल भएको महसुस
सजिलै आर्थिक आर्जन हुने माध्यम
स्थापित राजनीतिक पार्टीको संरक्षण र बेग्लै राजनीतिक हैसियत
राज्यको महत्वपूर्ण अंग प्रहरी प्रशासनसँग गोप्य साँठगाँठ
जघन्य अपराधबाट राज्यले मुद्दा फिर्ता
प्रहरी प्रहरी प्रशासनबाट ग्याङ्गको सदस्य विरुद्ध दरिलो वा साहसकि कदम नचाल्नु
स्पष्ट कानुन अभाव
ग्याङ्गले घटाएका घटनासँग संलग्न गराएर
चुनौतीसँग भिड्न लगाई
चलचित्र र इन्टरनेटको प्रभाव, जसले गर्दा ग्याङ्ग सदस्य केवल सामान्य परिवारको मात्र हैन, सम्पन्न परिवारका छोराछोरी पनि
ग्याङ्गको सदस्य बन्न सक्दछन् ।
सन्तानका क्रियाकलापप्रति अभिभावकको कडा निगरानी नहुनु ।
शैक्षिक संस्थाहरुले आफ्ना विद्यार्थीहरुका क्रियाकलापमा निगरानी नगर्नु
ग्याङ्गको सदस्यलाई रोजगारी सुरक्षित मात्र नभएर सदस्यका परिवारको हेरचाह समेत हुने भएकोले ।

सदस्यको क्रियाकलाप र संकेतहरु

असामान्य व्यवहार, अस्भाविक फेसन र स्टाइल घरमा वा विद्यालयमा देखाइने रुष्ट व्यवहार तथा बोलीचालीमा अस्वभाविक ग्याङ्गको कोड भाषाको प्रयोग गर्ने, खरो र दुरवचनको भाषा प्रयोग, सानातिना हतियार, चक्कु, सक्कली वा नक्कली पेस्तोल, छुरा खुकुरीको प्रयोग, शरीरका विभिन्न ठाउँमा घाउका टाटाहरु अथवा नाडी वा कुममा ट्याटु काटिएको हुनु, पैसा पर्याप्त मात्रामा राख्नु, घरबाट प्रायजसो बाहिर रहनु अथवा ढिलो आउनु शरीरका विभिन्न भागमा ग्राफिक्स ट्याटुहरु बनाउनु, ग्याङ्गका तस्बिहरु संकलन गरी फेसबुक र ट्वीटरमा राख्नु, अपराधिक मनोविज्ञान र त्यस्ता खाले पुस्तक वा चलचित्र हेुर्नु, भय वा डर नहुनु, रिसाहा प्रवृति हुनुलाई ग्याङ्गको सदस्य बन्ने संकेतका रुपमा लिन सकिन्छ।

 

(लेखक नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक विक्रम सिंह थापा पूर्ण शान्ति पुरस्कारबाट समेत सम्मानित छन्। )