वासिङटन: अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ उनसँग हुने भनिएको युगान्तकारी शिखर सम्मेलन स्थगित गरिए पनि  पूर्वसहमति अनुसार अभै पनि जुन १२ मा नै पनि हुनसक्ने बताउनुभएको छ । हामीले उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा एक समारोहकाबीच बताउनुभयो ।

उत्तर कोरियालीहरू सम्वादका लागि धेरै इच्छुक देखिएका छन् र हामी पनि यस विषयमा सकारात्मक  छौँ  भनेर ट्रम्पले भन्नु भयो। ट्रम्पले एक दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको बताउनुभएको थियो ।


। उत्तर कोरियाद्वारा देखाएको खुला विरोधका करण अमेरिकी राष्ट्रपतिबाट सम्मेलन रोकिएको हो।

बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु ।”

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गर्नुभएको थियो भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्ख’ को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो । तर उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने विषयमा कुरा भएको बुझिएको छ ।