काठमाडौं: किम जोंग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन बीच आज शनिबार पुनः भेटघाट भएको छ । शनिबार भएको भेटमा किम जोंगले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सँग हुने भेटको विषयमा दक्षिण कोरियाका राष्ट्रपति सँग छलफल गरेका थिए । दूई देशका नेता २ घण्टा सम्म बैठकमा बसेका थिए ।
मुन र किमले उत्तरी सिमा नाका नजिक भेट गरेका थिए जसमा दूई बीच अमेरिका सँग हुने शिखर सम्मेलनको विषयमा छलफल भएको थियो। मुनले यस वार्ताको विस्त्रित विवरण आइतबार सार्वजनिक गर्ने बताएका छन्।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook