काठमाडौंः गायक किरण भुजेल र गायिका गीता शर्माको स्वरमा रहेको ‘मेरी सोल्टिनी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ ।

गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन् ।

भिडियोमा पल शाह, वर्षा राउत, सुरज श्रेष्ठ, सोम्या श्रेष्ठ फिचर्ड छन् भने भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन् ।

भिडियो बिके क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १८:४९