काठमाडौँ: अमेरिकन पेस्तोलसहित तीन जनालाई प्रहरीले कीर्तिपुरको चोभारबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं-१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई सो पेस्तालको पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको हो।

उनीहरुलाई बा१७च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको हो । पक्राउ परेकामाथि अनुसन्धान थालिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।


प्रकाशित मितिः कार्तिक २१, बिहिवार, १५:४३